काठमाडौं २१ असोज । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यष माधव नेपालले एमाले परित्याग गरि आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन् ।
आज मात्रै एक कार्यक्रम मार्फत नेकपा एसमा प्रवेश गरेका जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरिएको हो ।
जोशीलाई स्वागत गर्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको कम्युनिस्ट आदर्शबाट च्युत भइसकेकोले ओलीले राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको दावी गरेका छन् ।