काठमाडौं २१ असोज । नेकपा एमालेका नेता भानुभक्त जोशी माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज बिहिबार आयोजित एक कार्यक्रममा जोशी नेकपा एस प्रवेश गरेका हुन् ।
उनले पार्टी प्रवेश गर्नुअघि एमालेबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । नेकपा एमाले नीति, सिद्धान्तबाट विचलित भएको भन्दै आफु नेकपा एसमा प्रवेश गरेको बताएका छन् ।
जोशीलाई अध्यक्ष नेपालसहिका नेताहरुले पार्टी स्वागत गरेका छन् । आफु इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने समेत स्पष्ट पारेका छन् ।