आफ्नै घरको चार तलाबाट खसेर नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको मृत्यु — OSNepal

आफ्नै घरको चार तलाबाट खसेर नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको मृत्यु

LC (KTM) October 07, 2021 0

काडमाडौं २१ असोज । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको घरको छतवाट खसेर ज्यान गएको छ ।

आज बिहान नौ बजे बुलबुलेस्थित निर्माणाधीन आफ्नै घरको चार तलाबाट खसेर चतुर्वेदीको ज्यान गएको हो ।

घरको छतवाट चतुर्वेदी खसेको खबर आउना साथ घटना स्थल पुगेको महानगरीय प्रहरी वृत्त गौशालाको टोली उनको निधन भएको पुष्टि गरेको छ ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर