काठमाडौं-भारतमा फेरि अर्को शक्तिशाली चक्रवात बन्न थालेको छ। ताउते नामको अति शक्तिशाली चक्रवातले धनजनको क्षति गरेको केही दिन नबित्दै फेरि अर्को शक्तिशाली चक्रवात बन्न थालेको हो । बंगालको खाडीको मध्यपूर्वी भागमा दबाब क्षेत्र बन्न सुरु गरिसकेको छ। यो यही मे २४ तारिखसम्म तीव्र वेगको चक्रवातमा परिणत हुने सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ ।
जसलाई यास भनेर नामकरण गरिएको छ। ‘यास उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै शक्तिशाली चक्रवातमा परिणत हुनेछ। यो मे २६ साूँझसम्म बंगाल वा ओडिसाका तटीय क्षेत्र हुँदै बंगलादेशबाट अगाडि बढ्नेछ ’ भन्दै भारतको मौसम विभागले शनिबार ट्विट गर्दै चेतावनी दिएको हो । यसअघि भारतको गुजरातमा बज्रेको ताउते चक्रवातको प्रभाव नेपालमा पनि परेको थियो। जसले यहाँ भारी वर्षा तथा हिमपात गराएको थियो।