मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिँदै — OSNepal

मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिँदै

LC (KTM) October 06, 2021 0

हेटौंडा २० असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्वासको मत लिने भएकी छन् ।

प्रतिपक्षी दल नेकपा एमालेकी मुख्यमन्त्री शाक्यलाई प्रदेश सरकार टिकाउन ५५ सांसदको समर्थन आवश्यक रहेको मा एमालेमा मात्र ४३ सांसद रहेका छन् । वाग्मती प्रदेशमा १०९ जना प्रदेश सदस्य रहेका छन् ।

शाक्यले २ असोज २५ गते सम्म विश्वासको मत लिनै पर्ने भएकाले प्रदेश सरकारले आज बसेको मन्त्रिपरिषद्को बैंठकले असोज २४ गते दिउँसो ३ बजे नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

गठवन्धन सरकारमा आनतरिक किचलो भएको भन्दै शाक्यले विश्वासको मत पाउने दावी समेत गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर