माओवादीले टुंगो लगायो तिन मन्त्री र राज्यमन्त्रीको नाम — OSNepal

माओवादीले टुंगो लगायो तिन मन्त्री र राज्यमन्त्रीको नाम

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । अन्तत झण्डै तिन महिनाको कसरत पछि नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ ।

आज बुधबार बसेको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकमा अध्यष प्रचण्डको प्रस्तावलाई नारायणकाजी श्रेष्ठले सहजै समर्थन गरेका थिए । ५ मन्त्री र एक राज्यमन्त्री पाएको माओवादीबाट यस भन्दा अघि नै दुई जना मनत्री बनिसकेका छन् ।

मन्त्रीको टुंगो लागेपनि मन्त्रालयहरुको विषयमा भने अन्तिम निष्कर्ष नआएको प्रवक्ता कृष्णबहादुर महराले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर