एमसीसी नेपालको हितमा रहेकाले सरकारले तत्काल संसदबाट पास गर्नुपर्ने तीन ब्यापारी संघको माग — OSNepal

एमसीसी नेपालको हितमा रहेकाले सरकारले तत्काल संसदबाट पास गर्नुपर्ने तीन ब्यापारी संघको माग

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । तीन ब्यापारी संघले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गर्न माग गरेका छन् । एमसीसी नेपालको हितमा रहेकाले सरकारले तत्काल संसदबाट पास गर्नुपर्ने धारणा सार्वजनिक गर्दै उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघसहित नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एमसीसी कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेको हो ।

एमसीसी आफुहरुको साझा धारणा रहेको बताउँदै तिन संगठनले आज एक साझ विज्ञप्ती जारी गरेका छन् ।

साझा विज्ञप्तिमा भनिएको छ ,’कोभिड १९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरि संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गर्दछौँ ।’

प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर जाने अवस्था सिर्जना हुनुका साथै कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायिक लागत वृद्धि गरिरहेको छ भने नेपालको उत्पादनको प्रतिस्पर्धी क्षमतासमेत कमजोर भएको विज्ञप्तीमा बताइएको छ ।

विज्ञप्तीमा भनिएको छ , ‘कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको र वैदेशिक सहायता पनि अपेक्षाकृत बढन नसकेकाले आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक लगानी ४९ प्रतिशतले घटेको महासंघ, कमर्श र परिसंघले जनाउँदै यस्तो परिस्थितिमा ५० करोड अमेरिकी डलरको सहायता नेपालका लागि महत्वपूर्ण हुने छ’ ।

‘प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर जाने अवस्था सिर्जना हुनुका साथै कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायिक लागत वृद्धि गरिरहेको छ भने नेपालको उत्पादनको प्रतिस्पर्धी क्षमतासमेत कमजोर भएको छ ‘।

‘एमसीसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमूना बन्न सक्ने भएकाले पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप प्रभावित हुनु हुँदैन भन्नेमा हामी स्पष्ट छौं ।’

‘एमसीसी अन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ मात्रै हुने भन्दै ती संगठनहरुले एमसीसी कार्यान्वयनका लागि नेपाल सरकार, संसदमा रहेका सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज र सरोकारवाला पक्षलाई आग्रह समेत गरेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर