काठमाडौं २० असोज । दशैंको अवसरमा सर्वोच्च बारले आज आयोजना गरेको चियापान समारोहलाई वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गरेका छन् । प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बोलाएको कार्यक्रममा आफुहरु सहभागी नहुने भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका हुन् ।
मन्त्रिपरिषद् विस्तारमा मन्त्रीको भाग खोजेको भन्दै जवरा माथि प्रश्न उठेपछि त्यस विषयमा कायवाही गर्नुपर्नेमा प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका हुन् ।
विरोध गर्नुपर्ने सर्वोच्च बारले प्रधानन्यायाधीशको समर्थन गरेको जस्तो देखिने भएर सांकेतिक रुपमा चियापान कायक्रममा सहभागी नभएको एक अधिवक्ताले बताएका छन् ।
आफ्नो कारणले वरिष्ठ अधिवक्ताहरु कार्यक्रममा नआउने सुचना पाएका जवरा पनि कार्यक्रममा सहभागी नभएको बताइएको छ ।