काठमाडौँ २० असोज । नेकपा एमालेका पुर्व सांसद समेत रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिनका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
७० करोड रकम ठगी गरेको आरोपमा पक्राउ परेका तामाङसहित १२ जनामाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
ठगी गरेको आरोप उनीहरुविरुद्ध १३७ जना निक्षेपकर्ताले जाहेरी दिएका छन् ।