यि हुन् दशैँ भत्ता लिने २७ सांसदहरु — OSNepal

यि हुन् दशैँ भत्ता लिने २७ सांसदहरु

LC (KTM) October 06, 2021 0

सुर्खेत २० असोज । कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दसैँभत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दसैँभत्ता लिएका हुन् ।

कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना बराबरको दसैँभत्ता दिएको प्रदेशसभा सचिवालले जनाएको छ ।

कर्णाली प्रदेशसभामा ३५ सांसद छन् । त्यसमध्ये आठजना मन्त्री भएकाले उनीहरूलाई दसैँभत्ता नदिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत यामबहादुर विसीले बताए ।

प्रदेश सभा सभामुखले ५३ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५० हजार, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका अध्यक्ष लगायतले ४८ हजार तलब खादै आएका छन् । प्रदेश सभा सांसदहरूको ४५ हजार तलब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर