काठमाडौं । तिन महिना पुग्नै लाग्दा मन्त्रालयको विषयमा भागवण्डा मिलेपछि सत्ता गठवन्धन दल सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउन छलफललाई प्राथमिकता दिएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट मन्त्रीमा उमाकान्त चौधरीको नामसिफारिस गरिएको बुझिएको छ । सिटौलाले आफ्नो समुहबाट आलो पालो मन्त्री बनाउँदै आएका छन् ।
त्यसै गरी रामचन्द्र पौडेल समुहमा मन्त्रीको लागि केन्द्रीय सदस्यहरु सुजाता कोइराला, डा। मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी र राजन केसीको नाम परेको छ ।
आठ ओटो मन्त्रालयल आफ्नो भागमा राखेको कांग्रेसले तीन मन्त्री र एक राज्यमन्त्री संस्थापन समूहबाट चयन गरिसकेको छ । अब एक ओटो मन्त्रालयमा पनि आफ्नो भागमा पारेको छ ।
आज साँझ सम्म मन्त्रीको टुंगो लगाउन सत्ता गठवन्ध दल लागि परेका छन् ।