लुम्बिनी प्रदेशमा विशेष अधिवेशन बोलाउन प्रदेशसभाका विपक्षी दलहरुको माग — OSNepal

लुम्बिनी प्रदेशमा विशेष अधिवेशन बोलाउन प्रदेशसभाका विपक्षी दलहरुको माग

LC (KTM) May 09, 2021 0

बुटवल २६ बैशाख । लुम्बिनी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध परेको अविश्वासको प्रस्ताव माथि छलफल गर्न प्रदेशसभाका विपक्षीदलहरुले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी माग गरेका हुन् ।

विपक्षी दलहरुमा कांग्रेस जनता समाजवादी ,माओवादी केन्द्रका सांसदहरुले आज दर्ता भएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव अनि जेठ ६ गतेको विषयमा छलफल गर्न अधिवेशनको माग गरेका हुन् । विपक्षीहरुले बहुमतको आधारमा माओवादी केन्द्का संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।आज प्रदेशसभामा विपक्षी दलहरुको ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर