संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी — OSNepal

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । गत भदौ २३ गते देखि सुरु भएको संसद अधिवेशन अन्त्य हुन लागेको छ । प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएकाले पनि सरकार संसद अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको हो ।

यस विषयमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफल समेत गरिसकेको बुझिएको छ । सचिवालको स्रोतले दिएको जानकारी अनुसार संसदले मुख्य तिन वटा काम गर्ने हो । त्यसमा हिउँदे अधिवेशनका पहिलो काम कानुन बनाउने हो भने बर्षे अधिवेशनको काम सरकार बनाउने र बजेट पारित गर्ने हो ।

यो अधिवेशनले सरकार बनाउने र बजेट समेत पारित गर्ने दुवै काम गरिसकेकाले अब अधिवेशन अन्त्य गर्दा उपयुक्त हुने बताइएको छ । एमालेको निरन्तर अवरोधका बामजुत पनि सरकार प्रतिस्थापन बजे ल्याएको छ ।

एमालेले सभामुखको भुमिका र माधव नेपालसहित १४ जना सांसदलाई पार्टी गरेको कारवाही सुचना नटाँसेको भन्दै संसद र राष्ट्रिय सभाको बैठक समेत अवरुद्ध गर्दै आएका छन् । हिजो ८ मिनेट मात्र बसेको संसद बैठक अब असोज २२ गते बोलाइएको छ । भने, राष्ट्रिय सभाको बैठक भने असोज २४ गते बोलाइएको छ ।

यो दुवै बैठक बसेर सरकार यो अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको छ । स्रोतका अनुसार अहिले अधिवशेन अन्त्य भयो भने एमाले वार्ता र सहमतिमा आउँछ कि भन्ने विश्वास रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर