देशभर निषेधाज्ञालाई थप कडाई गर्न निर्देशन — OSNepal

देशभर निषेधाज्ञालाई थप कडाई गर्न निर्देशन

LC (KTM) May 23, 2021 0

काठमाडौं । देशभर निषेधाज्ञा जारी रहँदा पनि कोरोना संक्रमणको दर नघटेपछि गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गर्न गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालका अनुसार ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सबै प्रजिअलाई निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारीको आदेश नमानेर अनावश्यक रुपमा हिँडडुल गर्नेलाई जरिवाना तोकिसकेको अवस्थामा पनि अटेरी पना बढेको भन्दै देशभर निषेधाज्ञालाई थप कडाई गरेर लैजाने गृहले जनाएको छ । निषेध आदेश उल्लंघन भइरहेका कारण पनि देशभर कोरोना संक्रमणको दर फैलिने क्रममा नै रहेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई पनि संकेत गरेर गृह मन्त्रालयले भिडभाड हुन नदिन देशैभरका प्रमुख जिल्ला अधिकारीलाई गृहले परिपत्र गरेको हो । यसअघि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेका सुरक्षा निकायका प्रमुखलाई भिडभाड हुन नदिन दिर्नेशन दिइसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर