साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका बिरुद्धको खेलमा नेपालले हिजो चमत्कारीक खेल प्रस्तुत गरेको छ । हिजोको खेलमा म्यान अफ द म्याच समेत भएका नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले नेपालका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने लक्ष्य रहेको बताएका छन् । उनले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हरी खड्का र निराजन रायमाझी को कीर्तिमान तोड्ने लक्ष्य रहेको बताएका हुन् । हरि खड्का र निराजन राइमाझीले तेह्र तेह्र गोल गरेका थिए ।
बिष्टले अहिलेसम्म स्ट्राइकरले मात्र गोल हान्नु पर्छ भन्ने मान्यता रहेको बताउँदै त्यो परम्परा पनि तोड्ने बताएका छन् । उनले आफ्नो चाहना पनि त्यो रेकर्ड तोड्ने रहेको बताए । रेकर्ड तोड्नका लागिअझै मेहेनत गर्ने बताए । श्रीलंकाविरुद्धको खेलमा गोल गरेसँगै अन्जनले नेपालका लागि ६ गोल समेत पूरा गरे । हरि र निराजनको कीर्तिमान भेट्न अन्जनलाई अझै ७ गोल गर्नुपर्ने आवश्यकता रहेको छ।