काठमाडौँ १९ असोज । बैकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ घर भई हाल महाराजगञ्ज बस्ने ३० वर्षीय सुजन तामाङ रहेका छन् । उनलाई प्रहरीले सोमबार सार्वनजिक गरेको हो ।
उच्च अदालत पाटनको विसं २०७७ पुस ६ गतेको फैसलापछि ८ दिन कैद र बिगोबमोजिम २० लाख जरिवानापछि फरार रहेका तामाङलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको हो ।
ग्लोबल आइएमई बैंकको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो ।
पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।