सरकारी सम्पत्ति कति छ थाहा छैन ,गाडी किन्ने माग मात्र आइरहन्छन् : अर्थमन्त्री शर्मा — OSNepal

सरकारी सम्पत्ति कति छ थाहा छैन ,गाडी किन्ने माग मात्र आइरहन्छन् : अर्थमन्त्री शर्मा

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खपिरदको लागि मामग आइरहेको बताएका छन् । शर्माले नयाँ गाडीको माग बढेको भन्दै पुराना सरकारी सवारी साधनको सूची मागेको समेत बताएका छन् ।

आज मंगलबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री शर्माले यस्तो जानकारी गराएका हुन् ।

‘सरकारी सम्पत्ति कति छ थाहा छैन । गाडी किन्ने माग आइरहन्छन् अर्थ मन्त्रालयमा । पहिला मैले भएका सरकारी गाडीको सूची मागेको छु । कति छन् नेपाल सरकारका गाडी चाहियो नि त । कतिवटा छन् अहिले ?’ बैठकमा शर्माले भने ।

मन्त्रालय तथा संवैधानिक निकाय र विभागहरूबाट सवारी साधनको सूची माग बढिएको बताएका उनले भने, ‘कतिवटा गाडी चाहियो ? रेकर्ड चाहियो नि त रु रेकर्ड भेटिँदैन । गाडी किन्दै जाने तर कहाँ चलाइरहेको छ, थाहा नहुने । त्यो सूची चाहियो, ‘गाडी रहेछन् झिकेर दिउँला किन किन्नपर्‍यो रु नभए आवश्यक परे किनौँला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर