संखुवासभामा भएको सामुहिक हत्याकाण्डका सबै अभियुक्तलाई थुनामा राख्न अदालतको आदेश — OSNepal

संखुवासभामा भएको सामुहिक हत्याकाण्डका सबै अभियुक्तलाई थुनामा राख्न अदालतको आदेश

LC (KTM) October 05, 2021 0

संखुवासभा १९ असोज । संखुवासभामा भएको सामुहिक हत्यामा संलग्न सबै अभियुक्तलाई थुनामा राख्न जिल्ला अदालत चैनपुरले आदेश दिएको छ ।

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की ६ जनाको परिवारको हत्या गर्ने सोही गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । आरोपी १७ वर्षीय नरेश कार्कीलाई

भने अदालतले बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ । सो घटनामा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया उनकी आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर