अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्न नहुने भन्दै प्रचण्ड पुगे माधव नेपाल निवास — OSNepal

अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्न नहुने भन्दै प्रचण्ड पुगे माधव नेपाल निवास

LC (KTM) October 05, 2021 0

काठमाडौँ १९ पाँच दिनको अस्पताल बसाई पछि नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिच भेटवार्ता भएको छ ।

सरकारको नेतृत्व गरेको तिन महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा गठवन्धन सरकारको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालो पटक पटक मन्त्रीको नाम माग्दा पनि अन्य दलले मन्त्रीको नाम दिन सकेका छैनन् ।

केही दिन बिरामी परेका नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड लउनको निजी निवास कोटेश्वर पुगेका छन् । भेटमा अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्न नहुने प्रचण्डको सुझाव रहेको छ ।

सधै जसो भोली विस्तार हुन्छ भन्दै आएका प्रचण्ड आज साँझ आफ्नो तर्फबाट मन्त्रीको टुंगो लगाउने तयारीमा जुटेको बुझिएको छ ।

अध्यक्ष नेपाललाई भेट्नु अघि प्रचण्डले प्रधामन्त्रप्ी देउवासँग भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर