मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला प्रधानन्यायाधीश जबराले बोलाए न्यायाधीशहरुको पूर्णबैठक — OSNepal

मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला प्रधानन्यायाधीश जबराले बोलाए न्यायाधीशहरुको पूर्णबैठक

LC (KTM) October 05, 2021 0

काठमाडौँ १९ असोज । दशैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट)बोलाएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले दिएको जानकारी अनुसार बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । दशैँको लागि घटस्थापना देखि बिदा भएपनि सर्वोच्च अदालतमा , बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने हुने भएको छ ।

यसको लागि सिमित न्यायाधिशहरुलाई जिम्मा दिइने पनि भएको छ । मन्त्रिपरिषद्को विषय माथि मुछिएका जबराले आज न्यायाधीशहरुको पूर्णबैठक बोलाएका छन् ।

जबराले आफ्नो भागमा पनि मन्त्री पनुपर्छ भनी मागेको भागवण्डाको विषयले हिजो दिनभरी चर्चा पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर