माधव नेपालसहित ११ जनालाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय — OSNepal

माधव नेपालसहित ११ जनालाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

LC (KTM) May 22, 2021 0

काठमाडौँ ८ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहका ११ जनालाई पुन एक पटक स्पष्टिकरण सोधिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको स्थायी कमिटिको बैठकले अर्को दलका नेतालाई समर्थन गर्न हस्ताक्षर गरेको भन्दै स्पष्टिकरण सोधिने बुझिएको छ ।

पार्टीका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना मध्ये ११ जनालाई स्पष्टिकरण सोधिने भएको हो ।

स्पष्टिकरण सोधिने नेताहरु मा माधव नेपाल सहित भीम रावल,झलनाथ खनाल,रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु रहेका छन् ।

हस्ताक्षर गर्ने २६ जना मध्ये कतिले हस्ताक्षरको दुरुपयोग भएको भन्नुभएको छ , केहि नेताहरुले आफुहरुले हस्ताक्षर नगरेको बताइसकेका छन् , भने नेपालले मलाई प्रधानमन्त्री बन्ने वातावरण बन्यो, त्यसका लागि समर्थन गर्नुस् भनेकाले मात्र हस्ताक्षर गरेका हौं बताएकाले अहिले ११ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो ज्ञवालीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर