बर्दियाको बबई नदीमा डुबेर बाग्लुङका हुकुमको ज्यान गयो — OSNepal

बर्दियाको बबई नदीमा डुबेर बाग्लुङका हुकुमको ज्यान गयो

LC (KTM) October 05, 2021 0

बर्दिया, १९ असोज – बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो ।

बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर