कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था कस्तो छ ? — OSNepal

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था कस्तो छ ?

LC (KTM) October 05, 2021 0

काठमाडौँ – सशस्त्र प्रहरी बल अस्पतालले नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेकोे जनाएको छ ।

अस्पतालले सोमबार एक विज्ञप्ति जारी गरी उहाँ यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाका लागि उपचाररत रहनुभएको जनाएको छ । अस्पतालले उहाँको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा अवगत गराएको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर