काठमाडौं, १८ असोज-जापानले नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । जापान सरकारको सौजन्यमा नेपाल सरकारलाई ६ वटा एम्बुलेन्स प्राप्त भएको हो ।
जापान सरकारको सौजन्यमा नेपालका लागि जापानी राजदूत किकुता युताकाबाट एम्बुलेन्स प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।
प्राप्त एम्बलेन्स नेपाल एम्बुलेन्स सर्भिस (१०२) प्रेषण केन्द्रबाट संचालन हुनेछ ।