काठमाडौं १८ असोज । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ‘लिभिङ टुगेदर’लाई कानूनी मान्यता दिनुपर्ने बताएका छन् । आज सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले पछि यो विषयले विकृति ल्याउने भन्दै कानुनी मान्यता दिएर दर्ता हुनुपर्ने बताएका हुन् ।
यो अस्थायी विवाह हो चोरी चोरी बस्ने यो चलनलाई कामुनी मान्यता दियो भने पछि परिवारले माने भनेर छोड्दै हिड्ने विकृति अन्त्य हुने उनको भनाई रहेको छ । साथै हालको विवाह गर्न २० वर्ष पुग्नुपर्ने कानुनी व्यवस्थालाई सुधारेर १८ वर्ष बनाउनुपर्ने समेत सांसद यादवले माग राखेका छन् ।
पहाडमा नघटाए पनि मधेसमा चाहिँ विवाह गर्ने उमेर घटाउनै पर्ने बताएका उनले भने, ‘मधेसमा त उमेर घटाउनै पर्छ । युरोपमा त पढ्छन् र ढिलो विवाह हुन्छ । हाम्रो मधेसमा त गरिबी छ । बढी उमेर भयो भने त गाह्रो हुन्छ । दाइजोलगायतले पनि गाह्रो हुन्छ ।’