काठमाडौं १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको हिजो आइतबार मात्रै सम्पन्न भएको विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् ।
आज सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी नेतृत्वलाई सिध्याउन उक्त कुम्भ भेला आयोजना गरेको बताएका हुन् ।
‘अस्ति एमालेको कुम्भ मेला देखिहाल्नुभयो । त्यो कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी नेतृत्वलाई सिध्याउने टार्गेट छ’ उनले भने । कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवाद प्रतिगमनकारी प्रवृति र क्रान्तिकारी प्रवृतिको बीचमा पनि आउने दिनमा झन ठुलो संघर्ष हुने बताएका प्रचण्डले बुर्जुवा र प्रतिक्रान्तिकारीहरुले आफुसँग भएको सवै शक्ति केन्द्रीत गरेर प्रहार आफुमाथि केन्द्रित गरेको बताएका छन् ।
क्रान्ति र विज्ञानको पक्षमा उभिनेले मात्र देश, संविधान र लोकतन्त्र बचाउने दावी गरेका छन् । ‘विज्ञानको पक्षमा उभिने कि अविज्ञानको रु क्रान्तिको पक्षमा उभिने कि प्रतिक्रान्तिको पक्षमा ?’ उनले प्रश्न गरे ।