काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारी सेवा बन्द, सर्वसाधरण परे मारमा — OSNepal

काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारी सेवा बन्द, सर्वसाधरण परे मारमा

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । सार्वजनिक सवारीको भाडा नबढाएको भन्दै काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारी सेवा बन्द भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गरिएको हो ।

महासंघका महासचिव केशव नेपालले बताए अनुसार प्रदेशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाएपछि आज सोमबार सार्वजनिक सवारी सडकको किनारमा रोकेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको हो ।

यसको मारमा भने सर्वसाधरण परेका छन् । फाटफुट रुमाप चलेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ सम्बद्ध सवारी साधनमा मानिसको भीड लागेको छ । असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाएको भएपनि छोटो दूरीमा चल्ने सवारीको भाडा वृद्धि भएको छैन ।

आफैले स्वघोषणा गरेर बढेको भाडा उठाउन थालेको बताएका नेपालले भने , ‘धरपकड भयो, हामीलाई प्रहरीकोमा लगेर थुनियो,अहिले सयभन्दा बढी बसहरु प्रहरीको नियन्त्रणमा छ, त्यसैले हामीले सेवा बन्द गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर