काठमाडौं १८ असोज । रुपन्देहीमा गएराति एक जनाको चक्कु प्रहारबाट ज्यान गएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–३ फर्साटिकामा रहेको प्लाई उद्योगमा मदिरा सेवन गरी दुई कामदार बिच झगडा हुँदा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का २२ वर्षीय अवधेश हरिजनको ज्यान गएको हो ।
हरिजनलाई सोही प्लाई उद्योगमा काम गर्ने भारतीय नागरिक रवि सिंहले चक्कु प्रहार गरेको प्रहरीकोह अनुशन्धानबात खुल्न आएको छ । मृतकको बुबा समेत घाइते भएको बताइएको छ ।
सिंहलाई पनि घाइते अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गीम्भर घाइते भएका हरिजनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लाँदै गर्दा बाटोमा नै ज्यान गएकोक हो । अहिले प्रहरीको निगराजमिा सिहंको सोही अस्पतालमा उपचार भइरको छ । मृतकका घाइते बुबाको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस विषय प्रहरीले अनुशन्धान सुरु गरेको छ ।