काठमाडौ किसमिस स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइएदा जनक मानिन्छ । यो स्वास्थका लागि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसले गरेका हुन्छन् ।
किसमिस मीठो पनि हुन्छ र यसले तत्कालै ऊर्जा पनि दिन्छ । अंगुर सुकाएर किसमिस बनाइन्छ।किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छन् ।
हाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । यसले घुँडा दुख्ने पनि यसले ठीक गराउँछ ।आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।