लागूऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरालाई अदालतले दिएन जमानत, आर्यनका तर्फबाट चर्चित क्रिमिनलले मागे जमानत — OSNepal

लागूऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरालाई अदालतले दिएन जमानत, आर्यनका तर्फबाट चर्चित क्रिमिनलले मागे जमानत

LC (KTM) October 04, 2021 0

काठमाडौं, १८ असोज-लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड नायक शाहरुख खानका छोरा आर्यनसहित तीन जनाको रात हिरासतमा बितेको छ ।मुम्बईको अदालतले आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अस्वीकार गरेपछि उनीहरू हिरासतमै बस्नु परेकाे हाे । अदालतले अर्यालसहित तीनै जनालाई एक दिन हिरासतमा राख्न नारकोर्टिक कन्ट्रोल ब्यूरो (एनसीबी) लाई अनुमति दिएको थियो ।

मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रूजमा आयोजित ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यनसहित आठ जनालाई आइतबार हिरासतमा लिएको थियो ।आठमध्ये तीन जनालाई एनसीबीले सोधपुछ अदालतमा पेस गरेको थियो ।

अदालतको अनुमतिपछि तीनै जनालाई एनसीबीले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतीश मानेशिंदेले जमानत माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर