कोरोना विरुद्ध लड्नका लागि अमेरिकाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो — OSNepal

कोरोना विरुद्ध लड्नका लागि अमेरिकाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

LC (KTM) May 22, 2021 0

काठमाडौं-कोरोना विरुद्ध लड्नका लागि अमेरिकाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।। अमेरिकी सरकारले नेपाललाई पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको हो । बाँकी दुई दिनभित्र काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो ।

शनिबार ल्याइएका सामग्रीहरुमा सर्जिकल मास्क, फेसशिल्ड लगायत छन् । यसैगरी सयवटा भेन्टिलेटर र एक हजार अक्सिजन सिलिण्डर रहेका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यि स्वास्थ सामग्री हस्तान्तरण गरिने बताइएको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार अन्य स्वास्थ्य सामग्रीहरु आइतबार र सोमबार चार्टर्ड विमानमार्फत आउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर