कोरोना महामारीका कारण यस वर्ष पनि बाराही जात्रा स्थगन — OSNepal

कोरोना महामारीका कारण यस वर्ष पनि बाराही जात्रा स्थगन

LC (KTM) May 22, 2021 0

टिस्टुङ, ८ जेठ – मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कोरोना महामारीका कारण यस वर्ष पनि स्थगन गरिएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो । नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम हुने भएकाले यस वर्ष यही जेठ १५ देखि १७ गतेसम्म हुने जात्रा रोकिएको बज्रबाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

थाहा–६ बज्रबाराहीमा बसेको गुठी व्यवस्थापन समितिको बैठकले कोरोना महामारीका कारण यस वर्ष जात्रा हुन नसक्ने भएकाले नित्य पूजाको कार्यक्रम मात्र सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । नगरपालिकामा कोरोना सङ्क्रमण दर बढिरहेको र निषेधाज्ञासमेत जारी रहेकाले नगर कार्यपालिकाले जात्रा स्थगन गर्न आग्रह गर्दै आएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर