काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २,३२८ जनामा संक्रमण पुष्टि — OSNepal

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २,३२८ जनामा संक्रमण पुष्टि

LC (KTM) May 22, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,३२८ जना संक्रमित भेटिएका छन् ।शनिबार देशभरमा भने ८,९८० जना संक्रमित भेटिएका मध्य काठमाडौं उपत्यकामा २,३२८ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमण भई २,२२७ जना अस्पताल भर्ना भएका छन् । जसमध्ये १७४३ जना जनरल र एचडीयू बेडमा छन् भने ४८४ जना आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा उपचाररतमध्ये १९३ जना भेन्टिलेटरमा छन् । त्यस्तै आज एकै दिन ८,८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८,९८० जना संक्रमित भेटिएका छन् ।
यो पनि पढ्नुहोस – पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमण, १२९ जनाले गुमाए ज्यान : नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख १० हजार ८६ पुगेको छ । मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ८४८ सङ्क्रमित निको भएका छन् । एकै दिन सङ्क्रमणमुक्त भएका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर