माधव नेपाल समुहका सबै सांसदबाट सामुहिक राजीनामा — OSNepal

माधव नेपाल समुहका सबै सांसदबाट सामुहिक राजीनामा

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । अन्तत: नेकपा एमाले फुट्ने निश्चित भएको छ । आजै वरिष्ठ नेता माधव नेपाल समुहका सांसदहरुले सामूहिक राजीनामा दिने भएका छन् । अहिले केही बेर अगाडी मात्र सुरु भएको नेपाल समुहको स्थायी कमिटिको बैठकमा सांसदहरुले अब राजीनामा दिएर मात्र अगाडी बढ्न बताएको बुझिएको छ ।

बैठकमा सहभागी भएका एक नेता दिएको जानकारी अनुसार नेपालले आफ्ना सबै सांसदहरुलाई अहिले दिउँसो ३ बजे सिंहदरबार बोलाएका छन् । भोली विश्वासको मत लिन तयारी अवस्थामा बसेका प्रधानमन्त्री ओलीलाई हराउन नेपाल समुहका प्रत्यक्ष तर्फबाट २२ र समानुपातिकबाट १० जनाले सामुहिक राजीनामा दिने भएका हुन् । अन्य दलहरु पनि कांग्रेसको नेतृत्वमा सरकार बनाउन तयार भएका छन् ।

अब स्पष्ट छ कि ओलीले कसैबाट पनि विश्वासको मत पाउने छैनन् । अब ओली कता ? अहिले केहि बेर अगाडी मात्र जसपाले पनि आफु तटस्थ बन्ने तर विश्वासको मत नदिने भन्दै ओलीलाई स्पष्ट पारिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर