माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले भोली श्रीलंका संग आफ्नो दोस्रो खेल खेल्दैछ । यसैक्रममा खेलको पुर्व सन्ध्यामा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भोलीको खेल जितका लागि खेलिने बताएका छन् । उनले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका हुन् । प्रि म्याच कन्फरेन्समा उनले ९० मिनेट सम्मै जितका लागि श्रीलंकाविरुद्ध फाइट गर्ने बताए ।
उनले भने माल्दिभ्सविरुद्धको खेल अघि पनि भनेको थिए हामी गोर्खाली हौँ । हामीले ९० मिनेटसम्मै जितका लागि फाईट गर्नेछौ । उनले आफुमा त बिश्वास सधै रहेको र यसपाली टिममाथि पनि पुरै बिश्वास रहेको बताएका छन् । उनले भोलीको खेल महत्वपुर्ण भएको भन्दै भोलीको जित प्रतियोगिताको लागि अर्को खुड्किलो हुने बिश्वास ब्यक्त गरे । नेपाल र श्रीलंकाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई हराएको थियो । नेपाल तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।