यात्रुलाई मास्क बाँड्दै प्रहरी दिवस मनाइयो — OSNepal

यात्रुलाई मास्क बाँड्दै प्रहरी दिवस मनाइयो

LC (KTM) October 03, 2021 0

कपिलवस्तु, १७ असोज-प्रहरी दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ अर्घाखाँची चोकमा मास्क वितरण गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सार्वजनिक बसमा यात्रा गर्ने तथा पैदल यात्रुलाई मास्क वितरण गरिएको थियो ।

आइतबार १० बजेदेखि सञ्चालन गरेको कार्यक्रममा ३ सय यात्रुलाई मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

दसैँको चहलपहलसँगै यात्रुहरूले मास्कबिना यात्रा गरेको हुँदा कोरोना सङ्क्रमण निरुत्साहित गर्नका लागि मास्क वितरण गरिएको बताइएको छ । सर्वसाधारणलाई जनचेतना सम्बन्धी पम्पलेटसमेत वितरण गरिएको थियो । ६६औँ प्रहरी दिवसको अवसरमा जिल्लामा प्रहरीले कोभिड नियन्त्रण र सचेतनाका कार्यक्रम गरी मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर