१० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, को- कहाँ पुगे — OSNepal

१० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, को- कहाँ पुगे

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज । १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार नै १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवाको गरेको निर्णय सुचनामा जनाएको हो ।

नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक जयनारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सुरुवा गरिएका छ । त्यसैगरी ,भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाल,नमराज जैसीलाई रसुवा र अनोज घिमिरेलाई तेह्रथुमको जिम्मेवारी दिइएको छ ।

लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर