पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमण, १२९ जनाले गुमाए ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमण, १२९ जनाले गुमाए ज्यान

LC (KTM) May 22, 2021 0

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना   सङ्क्रमण पुष्टि भएको छ १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख १० हजार ८६ पुगेको छ ।

मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ८४८ सङ्क्रमित निको भएका छन् । एकै दिन सङ्क्रमणमुक्त भएका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा थप १२९ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट ६१५३ जनाको मृत्यु भएको छ ।अहिले १ लाख १५ हजार ८०६ जना सङ्क्रमित आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर