विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्षको दावी गरेका पाँच जना पार्टीको केन्द्रिय सदस्य — OSNepal

विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्षको दावी गरेका पाँच जना पार्टीको केन्द्रिय सदस्य

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का अध्यक्षको दावी गरिरहेका ५ नेता पार्टीको केन्द्रीय सदस्य भएका छन् । अखिल (क्रान्तिकारी)को अध्यक्षमा पहिलो महिलाको नेतृत्व गर्दै पन्चा सिंहलाई अध्यक्ष प्रचण्डले अध्यक्षमा नियुक्त गरेपछि उनले अन्य पाँच जनालार्य भने आजकै दिनबाट पार्टीको केन्द्रिय सदस्य भएको घोषणा गरेका हुन् ।

आज आइतबार बिहान अखिल क्रान्तिकारीका नेताहरु अखिल ९क्रान्तिकारी०को अध्यक्ष को विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

छलफलको क्रममा प्रचण्डले सिंहलाई अध्यक्षमा चयन गर्दै पार्टीले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा थप गर्ने निर्णय गरेको आधारमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिने भएको बताएका हुन् ।

पार्टीको केन्द्रिय सदस्यमा हुनेमा विधार्थी नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर