काठमाडौं १७ असोज । नेकपा एमालेको आजको विधान महाधिवेशनमा सुझाव पेश गर्ने प्रतिनिधिले ७० वर्षे उमेरको आवश्यक नभएको बताएका छन् । आजबाट सकिन लागेको विधान महाधिवेशनमा सुझाव पेश गर्ने क्रममा प्रतिनिधिहरुले एक व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था गरेर ७० वर्षे उमेर हद हटाउन सुझाव दिएका हुन् ।
महाधिवेशनमा प्रस्तुत् भएको तिन अध्यादेशको सुझाव र छलफल गर्न बनाइएको १० समुह मध्ये आज पाँच समुहले सुझाव महाधिवेशन हलमा रिपोटिङ गरेका छन् । सुझाव पेश गरेका गण्डकी प्रदेश समूहले हरेक कमिटीमा एक तिहाइ युवाको उपस्थित हुनुपर्ने सुझाव पेश गरेका छन् ।
त्यसै गरी विश्व राजनीति र एमसीसीको बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताएका छन् । विधान संशोधन प्रस्तावमा अध्यक्षको नेतृत्वमा पदाधिकारी रहेको सचिवालय बनाउने, स्थायी कमिटी ४१ सदस्यीय बनाउने र पोलिटब्युरो हटाउने प्रस्ताव गरिएको छ ।
प्रदेश २ ले भने , पार्टीमा उमेर हदभन्दा पनि एक व्यक्ति कुनै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था हुनुपर्ने साथै राज्यका निकायमा मधेशी, महिला र जनजातिको समान सहभागिता सुनिश्चित हुने व्यवस्था मिलाउन समेत सुझाव दिइएको छ ।
गोदावरीमा तिन देखि चलेको विधान महाधिवेशन जान अध्यक्ष केपी ओलीले जवाफ दिई सकिन भएको छ ।