काठमाडौँ १७ असोज । मन्त्रीहरुको भागवण्डाको विषयलाई लिएर आज पनि सत्ता गठबन्धन दलको बैठक जारी छ । आज बिहानबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैँठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको भागवण्डाको विषय टुंग्याउने बताइएको छ ।
सरकारको नेतृत्व गरेको तिन महिना बितिसक्दा पनि सरकारले पुर्णता भने पाएको छैन । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार आज साँझ सम्म भागवण्डाको विषय टुंगो लाग्ने बताइएको छ ।
एक राज्य मन्त्रीसहित ७ जना मन्त्रीले चल्दै आएको गठवन्धन सरकारको आजको बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सहभागी भएका छन् ।
सरकारमा सहभागी हुन संख्यागत रुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५–५ मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको थियो ।