काठमाडौं ८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि केपी ओलीको हार हुने बताएका छन् । अध्यक्ष प्रचण्डले आज नयाँ बानेश्वरमा पाँच दलको बैठक पछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै विघटित संसद पुन पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन् ।
मध्यराति प्रधानमन्त्री र राष्ट्रपति मिलेर गरेको यो कदम असंवैधानिक र अलोकतान्त्रिक मात्र नभई निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी भएको समेत प्रचण्डले आरोप लगाएका छन् । उनले यसअघि झैं उक्त कदमको स्थानीय तहदेखि नै जनस्तरमा र कानूनी रुपमा पनि सशक्त प्रतिवाद गरिने बताए । हिजो प्रसंगलाई प्रचण्डले आफुहरु १४१ सांसदहरुको हस्ताक्षर लिएर प्रधानमन्त्रीको दावी गर्न जाँदा प्रितगमनविरुद्ध रहेका अरु सांसदको हस्ताक्षरसहित सर्वोच्चमा जाने केपी ओलीको यस्तो स्वेच्छाचारी कमदलाई सहयोग गर्ने राष्ट्रपति भन्दै भने,हामीलाई विश्वास छ ।
बहुमत सांसद सदस्यहरुको हस्ताक्षरसहित हामी रिट निवेदनमा गइसकेपछि अदालतले फेरि एकचोटी लोकतन्त्रको पक्षमा, संविधानका पक्षमा र निरंकुशताका विरुद्धमा फैसला गर्नेछ’। सञ्चारकर्मीहरुसँग कुरा गर्नेमा क्रममा अध्यक्ष प्रचण्डले यो चुनाव गर्नको लागि घोषणा गरिएको होइनभनेर खुलासा समेत गरेका छन् ।