सुतिरहेका १३ वर्षीय बालकलाई सर्पले डस्दा मृत्यु — OSNepal

सुतिरहेका १३ वर्षीय बालकलाई सर्पले डस्दा मृत्यु

LC (KTM) October 03, 2021 0

जलेश्वर, १७ असोज- महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ¥याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर