प्रदेश १ मा २४ घण्टा यता १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ३ सय ८७ जनाको पीसीआर परीक्षणमा ९२ र ४ सय २१ एन्टिजेन परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । मोरङमा ५६, सुनसरीमा २४, झापामा ९ जनामा संक्रमण देखिएको छ। विराटनगरमा ३९, पथरीशनिश्चरेमा ५, बूढीगंगा र कटहरीमा समान ३, बेलबारीमा २, सुन्दरहरैंचा, रतुवामाई, केराबारी र जहदामा समान १ जनामा संक्रमण देखिएको हो।
त्यस्तै, इटहरीमा १८, धरानमा ४, बराहक्षेत्रमा १ र ठेगाना नखुलेकोमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा २ सय ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार आज ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ३ महिला र इलामका१ महिला रहेका छन्।