वाईसीएलको नेतृत्व टुंग्याउने जिम्मेवारी प्रचण्डको काँधमा — OSNepal

वाईसीएलको नेतृत्व टुंग्याउने जिम्मेवारी प्रचण्डको काँधमा

LC (KTM) October 02, 2021 0

काठमाडौं, १६ असोज । अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व सर्वसम्मत छान्ने नेकपा माओवादी केन्द्रको प्रयास असफल भएको छ । नेतृत्व टुंगो लगाउने जिम्मा स्थायी कमिटीले पाएको थियो । तर, कमिटीको बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व टुंग्याउन सकेन ।

नेतृत्व सर्वसम्मत छान्ने प्रयास सफल नभएपछि क्रान्तिकारीको २२औं सम्मेलन लम्बिने भएको छ । क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, दिपेश पुन, पन्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार छन् । यसमा पनि पञ्चा सिंह र सुरेन्द्र बस्नेतको चर्को प्रतिस्पर्धा छ ।

यसअघि वाईसीएलको नेतृत्व टुंग्याउन अध्यक्ष प्रचण्डलाई हम्मे हम्मे परेको थियो । स्थायी कमिटीबाट टुंगो नलागेपछि अब अनेरास्ववियू (क्रान्तिकारी)को नेतृत्व टुंग्याउने जिम्मा पनि प्रचण्डकै काधमा आइपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर