‘अपराधलाई जनताले कहिल्यै माफी दिने छैनन्’ : पूर्वराजा शाह — OSNepal

‘अपराधलाई जनताले कहिल्यै माफी दिने छैनन्’ : पूर्वराजा शाह

LC (KTM) May 22, 2021 0

काठमाडौँ । पटक पटक प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओली गफाडी मात्रै सावित भएनन् विबादित पनि बन्न पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सहयोगमा प्रम ओलीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेसँगै ओली र राष्ट्रपति भण्डारी दुवै आलोचित बनेका रहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीका बेला असामयिक राजनैतिक जालझेल सृजना गरी जन दायित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिल्यै माफी नदिने बताएका छन्।

प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघटनप्रति लक्षित गर्दै शाहले शनिबार सामाजिक सञ्जालमा ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।’ भन्दै आफ्नो भनाई राखेका छन् । यसअघि विभिन्न दलका नेता तथा कार्यकर्ताले ओलीको यो कदमलाई निरंकुश भन्दै पटक पटक खेद प्रकट गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर