काठमाडौँँ १५ असोज । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफु सानै देखि गीत गाउने भएपनि कलाकार बन्न नसकेको गुनासो पोखेका छन् ।
आज शुक्रबार सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड वितरण कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो गुनासो पोखेका हुन् । गीत संस्कृति, खेल भनेपछि आफु लठ्ठ पर्ने बानी भएको पनि परिस्थितिका कारण आफु कलाकार बन्न नसकेको बताएका छन् ।
राजनीतिक कार्यक्रम निराश हुने र आजभोलि गालीगलौज पनि हुन थालेको बताएका उनले यस्ता कार्यक्रममा सहभागी हुदा रिल्याक्स महसुस गरेको समेत बताएका छन् ।