काठमाडौं १५ असोज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आफुले माओवाद नछाडेको बताएका छन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले गीतकार तथा संगितकार दिलीपकुमार श्रेष्ठ ‘कोरस’ रचित सपनाको पाण्डुलिपि विमोचन कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।
उनले माओवादी एक हौं भन्ने विषयमा के को आधारमा एक हुने भन्दै प्रश्न गरेका छन् ।
विमोचन कार्यक्रममा साथीहरुले एक ठाउँमा आईदिए हुन्थ्यो भन्ने सदासाहयता राख्नु भावनात्मक सम्बन्ध राम्रो भएको बताएका उनले भावनात्मक एकतासँगै त्यसलाई ज्ञान र विज्ञानसँगपनि परिणत गर्नुपर्ने बताएका छन् ।
‘हामी नीति, विचार र सिद्धान्तको आधारमा नयाँ ढंगले अगाडि बढ्नुपर्छ’उनले भने । भट्टराईले पूर्व माओवादीहरु एकै ठाउँमा जाऔं भन्नु भन्दापनि सबै पूर्व माओवादीहरु नयाँ ठाउँमा जाऔं भन्नुपर्ने भन्ने सुझाव समेत कार्यक्रममा दिएका छन् ।
नयाँ नयाँ ठाउँमा गएपछि मात्र यो देशको मात्रै नभएर विश्व मानव जातिको लागि योगदान गर्न सक्ने उनले बताएका छन् ।