९ सय ३८ जना संक्रमणमुक्त हुँदा १३ जनाको मुत्यु — OSNepal

९ सय ३८ जना संक्रमणमुक्त हुँदा १३ जनाको मुत्यु

LC (KTM) October 01, 2021 0

काठमाडौं १५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ९ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने थप १३ जना संक्रमितको ज्यान गएको छ ।

योसँगै, नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ । कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर