साफ च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रशारण नहुने , नेपाल र आयोजक माल्दिभ्स राती पौने १० बजे भिड्दै — OSNepal

साफ च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रशारण नहुने , नेपाल र आयोजक माल्दिभ्स राती पौने १० बजे भिड्दै

LC (KTM) October 01, 2021 0

साफ च्याम्पियनसिपको १३ औं संस्करण आज बाट माल्दिभ्समा सुरु हुँदैछ। आज दुई वटा खेलहरु हुदैछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन्। त्यस्तै दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध भिड्ने छ । नेपाल र माल्दिभ्सबीचको खेल भने नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ। आज बाट सुरु हुने प्रतियोगिता असोज ३० गते सम्पन्न हुने छ ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको मात्र सहभागिता रहेको छ । आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंका प्रतियोगितामा सहभागि भएका छन् । भुटान र पाकिस्तानले सहभागिता नजाउने यस अघि नै बताएका छन् । नेपाल र आयोजक माल्दिभ्स बिचको खेल भने नेपालमा प्रत्यक्ष प्रशारण नहुने भएको छ । एन्फाले आज नेपालमा साफको प्रत्यक्ष प्रशारण नहुने जनाएको छ ।

प्रत्यक्ष प्रशारणको अधिकारका लागि एन्फाले प्रस्ताव पेश गर्न सार्वजनिक सूचना निकाले पनि कुनै टेलिभिजन तथा मिडियाले प्रत्यक्ष प्रशारणको लागि प्रस्ताव नगरे पछि प्रत्यक्ष प्रशारण नहुने भएको हो । प्रत्यक्ष प्रशारणका लागि एन्फाले न्यूनतम ४० लाख रुपैयाँ मूल्य तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर